काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरो सदस्यको सूची केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेपछि विवाद भएको छ । कर्णालीलगायतका क्षेत्रबाट पोलिटब्युरोमा कसरी चयन गरिएको हो भन्ने प्रश्न उठेपछि अध्यक्ष दाहालले बैठक १ घण्टाका लागि स्थगित गरेका हुन् ।

दाहालले केन्द्रीय समितिको एक तिहाई अर्थात् १२५ जनाको पोलिटब्युरो हुने र त्यसमा रहने सदस्यहरूको सूची प्रस्ताव गरेका थिए । उनले ती नाम पारित गर्नका लागि आग्रह गरेका थिए । त्यसपछि केही केन्द्रीय सदस्यहरूले आफू कुन आधारमा नपरेको र पोलिटब्युरो सदस्यहरू छनोटको आधार के हो भनेर प्रश्न गरेका थिए । ‘मापदण्ड के हो भन्नेमा कन्फ्युजन भएको छ,’ एक केन्द्रीय सदस्यले भनेका थिए, ‘कतिपय छुट्नुभएको छ । कुन तरिकाले यो सूची बनाइएको हो स्पष्ट पार्नुपर्छ ।’

कतिपय पर्नै पर्ने व्यक्तिहरू पनि छुटेको केन्द्रीय सदस्यहरूको भनाइ थियो । त्यसपछि दाहालले १ घण्टाका लागि बैठक स्थगित गरेर शीर्ष नेताहरूबीच छलफल गर्ने बताएका छन् ।ekantipur

प्रतिक्रिया दिनुहोस !