काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता र त्यागको सन्देश दिएका बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले  शर्माले आफूले केही नगरेको बताएको र त्यसबाट सकारात्मक सन्देश गएको बताएका हुन् ।

‘उहाँले आफूले केही गरेको छैन भन्नुभएको छ र एउटा सन्देश गरेको छ । नैतिकता र त्यागको सन्देश गएको छ । संसद्‍मा कुरा उठेपछि उहाँले प्रस्ट कुरा राखेर संसद्‍मा नैतिकता प्रदर्शन गर्नुभएको छ,’ दाहालले भने । राजीनामा नदिएको भए यसै विषयलाई उचाल्दै गठबन्धनलाई नै अप्ठ्यारोमा पार्ने षड्यन्त्र भएको पनि दाहालको भनाइ थियो । उनले भने, ‘राजीनामा नगरेको भए त्यै विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ । यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ ।’ शर्माले राजीनामा दिएर राजनीतिक संस्कार देखाएको पनि दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस !