काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले संसदीय छानबिन समिति गठन गरेको हो ।

यी हुन् समितिमा रहेका सांसदहरु :

खगराज अधिकारी
देवप्रसाद गुरुङ
पुष्पा भुसाल
प्रदीप ज्ञवाली
भानुभक्त ढकाल
विमला विक
लक्ष्मणलाल कर्ण
शक्ति बस्नेत
सरलाकुमारी यादव
सिताराम महतो
सुरेन्द्र यादव

समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ ।

समितिलाई १० दिनको कार्यावधि दिइएको छ । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो ।

करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराउनुभएको छ । त्यसअघि प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक ढिला गरी सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस !