काठमाडौँ । बजेट निर्माणका क्रममा विवादित बनेका अर्थमन्त्री जर्नादन शर्मालाई बर्खास्त गरिने भएको छ ।

मंगलबार नेकपा माओवादी केन्द्रको बैठकमा पनि शर्मालाई हटाउनुपर्ने माग उठेको थियो ।

त्यस्तै, सत्ता गठबन्धनको नेपाली काँग्रेसका नेताहरुले यसअघि नै शर्माले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग उठाएका छन् ।

यससँगै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शर्मालाइृ हटाउनेबारे छलफल गरेको बताइएको छ ।

शर्माले बजेटमा अनाधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गरेको आरोप लागेको छ । त्यस्तै, त्यो समयको सीसीटीभी फुटेजपनि डिलिट गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !