काठमाडौँ । युवा संघले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै युवा संघले साेमबार काठमाडाैंमा उनको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । उनिहरूले ‘सीसीटीभी फुटेज खै, राजीनामा कहिले’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

यसअघि अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्‍मा त्यसको सीसीटीभी फुटेज हेर्न माग गरिएको छ । साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दलका केही नेताहरूले पनि उनको राजीनामा माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !