चितवन । चितवनमा  नुहाउने क्रममा  खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । चितवनको  खैरहनी–५ स्थित दिदीको घरमा आएका मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिकाको कमाने बस्ने वर्ष ३२ का सुरज बस्नेतलाई ढुङ्ग्री खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी भान्जा वर्ष ११ का मुकेश पौडेलसँग नुहाउन खोलामा गएका थिए । नुहाउने ठाउँबाट करिब २०० मिटर तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !