काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रचण्डको छोरी र ज्वाइँ दुबै मनोनित भएका छन । प्रचण्डका कान्छी र छोरी र ज्वाइँ दुबै मनोनित सदस्यमा परेका छन । प्रचण्ड पुत्री गंगा दाहाल र उनका श्रीमान जीवन आचार्य दुबैले केन्द्रीय सदस्यको सपथ लिएका छन ।

प्रचण्डकी अर्की छोरी रेणु दाहाल भरतपुर महानगरपालिकको मेयर रहेकी छिन । माओवादीले आज गरेको मनोनयनमा प्रचण्डका पूर्व प्रेस सल्लाहकार मनोहरि तिमल्सिना र माओवादी नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मा पनि केन्द्रीय कमिटीमा मनोनित भएकी छिन । माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सय ९९ सय सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस !