गोरखा । प्रबल नेपालले आयोजना गरेको “बालबालिकासँग प्रबल” कार्यक्रम अन्तरगत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

गोरखा गण्डकी गाउँपालिका ४ – फुजेलमा रहेको दिर्धेश्वर मा.वि का ३० जना बालबालिकालाई कपी, कलमलगायत शैक्षिकसामग्री वितरण गरेको प्रबल नेपालको सचिव अरुणा ढकालले जानकारी दिइन्।

विगतका दिनहरुमा प्रबल नेपालले विभिन्न ठाउँहरुमा पुगेर त्यहाँको शैक्षिक अवस्था बारे बुझ्दै आएको र आवश्यक देखिएको ठाउँहरुमा बालबालिकालाई विभिन्न कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको सचिव ढकालले बताइन्।

विपन्न बालबालिकालाई लत्ताकपडा

त्यस्तै, गण्डकी गाउँपालिका ३- फुजेलमा रहेको भैरवश्रम मा.वि का १२ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ।

“बालबालिकासँग प्रबल” कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लाहरुमा पुगेर हरेक विद्यालयमा एक/एक जना छात्रछात्रालाई प्रबल सँग जोडिराख्ने र त्यसो हुँदा सम्बन्धित ठाउँको समस्या पहिचान गर्न सहज हुने र त्यसको समाधानको बाटो खोज्न सहज हुने संस्थाकी अध्यक्ष रन्जिता अधिकारीले जानकारी दिइन्।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले शैक्षिक सामाग्री र लत्ताकपडा उपलब्ध गराइदिनु हुने थाहा युथ इन्भेष्टमेन्ट फन्डस् पा.ली प्रति संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरिन्।

यस्तै, विद्यालयका सह-प्राधानाध्यापक ठाकुर प्रसाद पन्तले संस्थाले विद्यालयमा गर्दै आएको कार्यक्रम र सहयोगको प्रशंसा गर्दै विद्यालयले आफ्नो तर्फबाट कार्यक्रमप्रति सकारात्मक रहेको बताए।

प्रतिक्रिया दिनुहोस !