गोरखा ।  गोरखाको गण्डकी गाउँपालिकामा १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव मनाइएको छ । आज गण्डकी गाउँपालिकाको कृषि विकास शाखा, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना र गाउँ पर्यटन प्रवद्र्धनको संयुक्त आयोजनामा रोपाइँ महोत्सव मनाइएको हो । पालिकाको ७ नं वडास्थित मझुवामा ‘धानबालीमा जैविक विविधताको उपयोग, आयत प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ रोपाइँ महोत्सव मनाइएको हो ।

गाउँपालिका अध्यक्ष दिपक तिम्लसेनाको अध्यक्षमा भएको कार्यक्रममा गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीको प्रमुख आथित्य रहेको थियो ।  स्थानियहरु पंचे बाजामा रमाउँदै, असारे गित गाउँदै, धान रोप्नुको साथै हिलो खेलेर रोपाई महोत्सव मनाएका थिए ।

तस्विरमा रोपाई महोत्सव

प्रतिक्रिया दिनुहोस !