रामपुर ।  पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।

सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लेदोसहितको पहिरो खसेर बिहानै सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक खुलेपछि अहिले यस राजमार्ग भएर गुड्ने सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।-रासस

प्रतिक्रिया दिनुहोस !