रुपन्देही ।  वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ ।आज बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरहीको शवलाई परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस !