काठमाण्डाै ।  प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे छ । उहाँले आज आइतवार पाँच जना मन्त्री फेरबदल गर्नुभएको हो ।

एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाउनुभएको थियो । राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त हुनुभएको छ । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो, उहाँलाई मन्त्रीमा बढुवा गरिएको छ ।

मन्त्रीहरूकाे शपथ ग्रहण भाेलि साेमवार हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !