चितवन । मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
सडकमाथिबाट पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !