चितवन । नारायणी नदीमा बाढीले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा आज बिहान करिब ९ बजेतिर करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन ।

वडा प्रहरी कार्यालय नारायणगढको टोलीले लास जाँच मुचुल्का तयार गरी शवको पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको उनले बताए ।

नदीमा बाढीले शव बगाएर ल्याएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले शव फेला पारी आवश्यक अनुसन्धान गर्ने कार्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस !