काठमाडौँ ।  नेपालले अमेरीकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्नु प्रशंसनीय भएको चीनले टिप्पणी गरेको छ । उक्त सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमाथि बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका हुन् ।

‘नेपालको ‍रणनीति साझेदार मित्र र निटक छमेकी हुनुको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्दछ’ प्रवक्ता वाङले भनेका छन्,’चीन नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको प्रतिबद्धतामा निरन्तर सहयोग गरिरहन्छ ।’

चाइना डेलीले नेपाल सरकारले एसपीपी अघि बढाउने विषयमा निर्णय गरेको र यसलाई विष्लेषकहरुले यो सैन्य साझेदारीका रणनीति भएको तथा यसले नेपालको परराष्ट्र नीति र नेपालको स्वार्थमा आघात पार्ने भनिरहेका बेला चीनको प्रतिक्रिया के छ भने प्रवक्ता वाङलाई प्रश्न गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !