चितवन ।  भरतपुर महानगरपालिका विभिन्न स्थानमा दुई दिन दिनभर विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुरले आज प्रेषित गरेको सूचनामा असार १० र ११ गते दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको छ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रसारण निर्देशनालयको पत्रअनुसार निम्न फिडरहरु जीर्ण अवस्थामा रहेकोले उक्त फिडरहरुको स्तरोन्नतिको लागि बसेनी स्थित १३२ \११ केभी सबस्टेशनबाट वितरण हुने स्थानहरुमा विद्युत् अवरुद्ध हुनेछ ।

१) भरतपुर १ फिडर : स्थानहरु भरतपुर ७ र भरतपुर १०
२)भरतपुर २ फिडर : स्थानहरु भरतपुर १२, भरतपुर ९, भरतपुर ८ गौरीगञ्जसम्म
३) औद्योगिक १ फिडर : स्थानहरु भरतपुर ९, भरतपुर ८ र भरतपुर ५ मा रहेका उद्योगहरु

४) गणेशथान फिडर: स्थानहरु भरतपुर ११, भरतपुर २ का केहि भाग पोखरा बसपार्क

 

प्रतिक्रिया दिनुहोस !