काठमाडौं । युवा इञ्जिनियर आकर्षण पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिने भएका छन्। उनले ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प छैन’ भन्ने नारासहित प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। गत वैशाख ३१ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पाएको सफलतासँगै काठमाडौँमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरूको संख्या बढिरहेको छ।

यसै क्रममा इञ्जिनियर पोखरेलले पनि उम्मेदवारी घोषणा गरेका हुन्। उनले घोषणा गरेको क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको पनि क्षेत्र हो। अघिल्लो निर्वाचनमा उनी सोही ठाउँबाट निर्वाचित भएका थिए।

कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले देशका लागि दश विकल्प, अब निर्विकल्प भन्ने सोचका यस क्षेत्र तथा समग्र देशको राजनीति र विकासको परिभाषा बदल्न घोषणापत्र सार्वजनिक गर्ने बताएका छन्। उनको घोषणालाई कलाकार आर्यन सिग्देलले पनि समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस !