प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा यसको चर्को विरोध गरेपछि सरकार पछि हटेको हो ।

सामाजिक सञ्जालसहित सर्वत्र आलोचना भएपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले एसपीसी सम्झौता नगर्ने पत्र अमेरिकालाई निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले नेपाल वायुसेना निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय समेत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग विवाद भएपछि अधिकारीलाई निलम्बन गरिएको हो । मन्त्री आलेले आफ्नो कमजोरी ढाकछोपका लागि अधिकारीलाई निलम्बनको सिफारिस गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !