चितवन । चितवनमा बलात्कार र बाल यौन दुव्र्यवहार न्युनिकरण चिन्ताको विषय बनेको छ । जिल्लामा बालिकामाथि भएका बलात्कारका घटना झण्डै दोब्बरले बृद्धि भएको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयबाट लिएको विवरण अनुसार पछिल्लो साढे पाँच महिनामा महिलामाथि चार र बालिकामाथि २५ वटा बलात्कारका घटना दर्ता भएका छन् ।

पुस २०७७ देखि असार २०७८ सम्मको सात महिनामा महिलामाथि छ र बालिकामाथि १३ बलात्कारका घटना भएका थिए । बालिकाहरु घरमा परिवारकै सदस्य र विद्यालयमा शिक्षकहरुबाट यौन हिंसा पर्ने गरेका छन् ।

पछिल्लो साढे पाँच महिनामा बालिकामाथि १२ यौन दुव्र्यवहारका घटना भएको इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीले बताए । जसमध्ये पाँच वटा घटनामा शिक्षक नै पिडक छन् । पुस २०७७ देखि असार २०७८ सम्मको अवधिमा बालिकामाथि १० वटा बाल यौन दुव्र्यवहारका घटना भएका थिए ।

२९ फागुन २०७८ मा माडी नगरपालिका–४ स्थित सोमेश्वर माविमा अध्ययनरत १५ वर्षीय बालिकामाथि शिक्षक ३७ वर्षीय सुरज लामिछानेले यौन दुव्र्यवहार गरे । नाबालिका छोरीलाई यौन दुव्र्यवहार गरेको भन्दै पिडितकी आमाले ७ चैतमा जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिइन् ।

पिडितको १५ चैतमा स्वास्थ्य परिक्षण भयो । सोहि दिन प्रहरीले आरोपित शिक्षकलाई पनि पक्राउ ग¥यो । मानव अधिकारका सवालमा काम गर्दै आएको इन्सेकका अनुसार पछिल्लो साढे पाँच महिनामा बलात्कारलगायतका ६६ वटा मानव अधिकार उल्लघंनका घटना भएका छन् ।

यस अवधिमा तीन महिलाको बलात्कारपछि मृत्यु भएको छ । त्यस्तै, हत्याका दुई, हत्या प्रयास दुई, बलात्कार प्रयास एक, बहुविवाहका ११, आत्महत्या दुरुत्साहनका तीन, हातहतियार सम्बन्धी तीन र जनप्रतिनिधिले दुव्र्यवहार गरेका एक घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

महिलामाथि हुने हिंसाका घटनामा राजनितिक दलका नेताको अनावश्यक दबाब र पिडकको संरक्षण हुँदा हिंसाका घटना बढ्दै गएको महिला अधिकारकर्मी मञ्जु खाँड बताउँछिन् । ‘लामो समयमसम्म पिडितको बकपत्र नै नलिँदा पिडित होस्टाइल भएको उदाहरण छ’, उनी भन्छिन्, ‘हाम्रो अदालतपछि पिडित नाबालिकामैंत्री छैन । बालमैंत्री छैन ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले घटनामा दलका नेताबाट दबाब आउने गरेको स्वीकार गर्छन् । तर नेताको दबाबले अनुसन्धान प्रभावित नभएको उनको दाबी छ ।

‘यस्तो हुनु नपर्ने, यस्तो त थिएन भन्ने कुरा गरेर दलका नेताबाट सिफारिस त धेरै आउँछ । तर हामी प्रभावित भएका छैनौँ’, उनी भन्छन्, ‘बालिकामाथि हुने हिंसा रोक्न विद्यालय तहमा नै पाठ्पुस्तक बनाएर कार्यान्वयन गर्दै छौँ ।’ विद्यालयमा पढ्ने बालिकाहरुलाई राम्रो छुवाई र गलत छुवाईको विषयमा सचेतना दिनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !