काठमाण्डाै ।  नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ ।

वायु सेवा सञ्चालक सङ्घले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ । नयाँ भाडाअनुसार  काठमाण्डौ–भरतपुर रुटको भाडा २ सय रुपैयाँले बढेको छ । काठमाण्डौ–भरतपुर रुटमा हवाई सेवा प्रदायकले अधिकतम ४ हजार ९ सय ३५ रुपैयाँसम्म लिन पाउनेछन् । सबैभन्दा धेरै काठमाण्डौ–धनगढी रुटको भाडा १६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा एक सय ७० रुपैयाँले बढेर अधिकतम चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ ।

आयल निगमले गए रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर १९ रुपैयाँले बढाएको छ । यस्तै विमानस्थल शुल्क पनि अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच सय तथा अन्यमा चार सय र तीन सय रुपैयाँले बढेको छ ।

file pic

प्रतिक्रिया दिनुहोस !