काठमाडौं । मध्य रातमा सरकारले जनतालाई ढाड सेक्ने गरि मुल्यबृद्धी बढाएको छ । सरकार नियन्त्रित नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरा नै यथावत रहेको छ । पेट्रोलको मूल्य २१ रूपैयाँले वृद्धि गरेर प्रतिलिटर १९९ रुपैयाँ पुर्याएको छ । भने, डिजल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ रुपैयाँ मूल्य पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस !