चितवन । इनार सफागर्ने क्रममा चितवनमा २ जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा आज दुई जनाको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

मृत्युहुनेहरुमा माडी नगरपालिका वडा नं. ८ का ३० वर्षका शिव राई र सोहि वडाका २५ वर्षका सुर्य गुरुङ रहेका छन् । इनार सफा गर्नेक्रममा निस्सासिएर उनीहरको ज्यान गएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !