
गोरखा । गोरखामा एक घरमा आगलागी हुँदा एक जना वृद्धाको जलेर मृत्यु भएको छ। गोरखाको शहिदलखन गाउँपालिका ७ जामुनेकी ७० वर्षीया केशरिमायाँ वस्तिको घरमा आगलागी हुँदा मृत्यु भएको हो।
आगलागीमा परेर शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले जनाकारी दिए। साथै घर र घरभित्र रहेका मालसामान पनि सबै जलेर नष्ट भएको छ।
घरमा आगलागी भएकाे आज बिहान मात्र थाहा भएकाे उनले बताए। आगलागी कसरी भयाे भन्नेबारे थाहा हुन बाँकी रहेकाे वडाध्यक्ष श्रेष्ठले बताए।