चितवन ।  चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका १० का ३७ बर्षीय उमेश दराई रहेका छन् ।

आज बिहान रत्ननगर नगरपालिका ९ गणेश चोक नजिकै टाडीबाट भरतपुर तर्फ आउदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकले ठक्कर दिएको हो । दराईलाइ ठक्कर दिँदा गम्भिर घाइते भई उपचारको लागि भरतपुर अस्पताल ल्याईएको थियो । उनको उपचारको क्रममा आज विहान ०५ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहान दुर्घटनाको बिषयलाई लिएर स्थानियहरूहरुले बाटो अबरोध समेत गरेक थिए । ट्रक चालक हेटौडा उपमहानगरपालिका १४ बस्ने ४५ बर्षीय धावा थोकरलाई ट्रक सहित नियन्त्रणमा लिई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !