काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा मकीपक्सको आशंका गरिएको एक युवकमा कुष्ठरोगको पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ …विभिन्‍न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको हुँदा २६ वर्षको उक्त पुरुषमा कुष्ट रोग पुष्टि भएको छ । ‘

हेर्नुस् मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस !