चितवन ।  चितवनको मेघौलीमा नरभक्षी बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली परिचालन गरिएको छ । बाघलाई नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरिएकाे निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । मेघौलीमा निउरो टिप्न जंगल गएकी युवतीको शव बाघले खाएको अवस्थामा फेला परेको थियाे । बाघले टाउको र छातीको भाग खाइरहेको अवस्थामा शब भेटिएको थियाे ।

बाघलाई धपाउन प्रहरी लाई पाँच राउन्ड हवाई फायर गर्नु परेको थियाे । उता स्थानीयले नियमित बाघ मान्छे खाइरहेको र सम्बन्धित निकायले चासो नदिएको आरोप लगाउँदै बाघ नियन्त्रणमा नआएसम्म शब उठाउन नदिने बताएका छन् । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले लगेको थियो ।

प्रतिक्रिया दिनुहोस !