काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बहिष्कार गरिएको हो । त्यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू छलफलमा सहभागी नहुने र बहिष्कार गर्ने बताउनुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकका सन्दर्भमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेको जिज्ञासाका बारेमा जवाफ दिइरहनुभएका बेला एमालेका सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो ।एमालेले बजेट निर्माणको क्रममा राख्नुपर्ने गोप्यता नराखेको तथा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लगाएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस !