काठमाडौँ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले टेलिभिजनको जागिर छाडेका छन । ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशन रहेका लामिछानेले बिहीबार टेलिभिजनबाट औपचारिक रूपमा विदा लिएका छन ।

कार्यक्रम सिधाकुराको प्रस्तोता रहेका लामिछानेले आफ्नो अबको यात्रा राजनीतिमा हुने संकेत गरेका छन । उनले प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गरेका छन । यद्यपी उनले स्वतन्त्र चुनाव लड्ने वा कुनै दलमा आवद्ध भएर लड्ने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् । यद्यपी उनले काठमाडाैँबाट चुनाव लड्ने उनका सहयोगीले बताएका छन ।

उनको कार्यक्रम भने सोही कार्यक्रममा रिपोर्टर युवराज कडेँलले चालाउने भएका छन । काठमाडौँ महानगरपालिको मेयरमा बालेन्द्र साहको विजयपछि विभिन्न पेशा र व्यवसायमा रहेका व्यक्तिहरूले पनि राजनीतिमा चासो दिन थालेका छन ।

प्रतिक्रिया दिनुहोस !