चितवन ।  चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो । उनको वेपत्ता बनाएको स्थानबाट ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले फेला परेको छ । बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको थियो ।

प्रतिक्रिया दिनुहोस !