काठमाडौं । नेकपा एमालेले देशभरका जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिँदै छ।आफ्नो पार्टीबाट उम्मेदवार भई जितेका जनप्रतिनिधिलाई आज र भोलि काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेले जनाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !