अनुज खनाल, कुरिनटार, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना-४, घोप्टेभिरमा पहिरो जाँदा बाटो अबरुद्ध भएको छ ।

आज दिउँसो करिब २ बजेको समयमा माथिबाट पहिरो खस्दा बाटो दुबै तर्फी अबरोध भएको चितवन प्रहरीले जनाएको छ । मनकामना केबलकार र मुग्लिन बजार तर्फबाट बिच भागमा पर्ने उक्त स्थानमा ईलाका प्रहरी कार्यालय मुग्लिङ्बाट प्रहरी निरिक्षक सुनजित तामाङको टोली खटीएको र बाटो खुलाउन सडक बिभाग संग समन्वय भई पहिरो पन्छाउने काम भै रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिनुभयो ।   

प्रतिक्रिया दिनुहोस !