काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता वर्षमान पुन (अनन्त)को बीचमा भेटवार्टा भएको छ । ललितपुरको खुमलटारस्थित एक व्यक्तिको घरमा दुइ नेताको बीचमा वान टु वान गोप्य वार्ता भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा माओवादीले कांग्रेससँग अपेक्षाकृत रूपमा भाग नपाउने भएपछि नेकपा एमालेसँग तालमेल गरेर अघि बढ्ने विषयमा कुराकानी सुरू भएको छ । दोस्रो तहका नेताहरूको बीचमा गोप्य रूपमा निरन्तर वार्ता चलिरहेको स्रोतले जनाएको छ ।

ज्ञवाली र पुनको बीचमा शनिबार खुमलाटरमा एक व्यक्तिको घरमा वार्ता भएको भए पनि यो विषय गोप्य नै राखिएको छ । ज्ञवाली एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन भने पुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्र हुन ।

नेपाली कांग्रेससँग बार्गेनिङ गरिरहेको माओवादीले कुनै पनि समय नयाँ गठबन्धनको घोषणा गर्ने उत्तिकै खतरा देखिएको छ । केही स्थानमा बाहेक कांग्रेसका नेता कार्यकर्ताले इमान्दारिता नदेखाएको माओवादी नेताहरूले बताएका छन । उनीहरूले स्थानीय चुनावको जस्तै अवस्था अर्को चुनावमा भए माओवादीले गम्भीर क्षति व्यहोर्नुपर्ने अवस्था आउने उनीहरूको मूल्यांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस !