धनगढी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले युवा उद्यमी स्वतन्त्र प्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ । नेपाल सरकारको मन्त्रीस्तरीय बैठकले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलले उनलाई नियुक्ति पत्र हस्तान्तरण गरे । मन्त्रालयले शाहलाई दिएको नियुक्ति पत्रमा अस्ट्रेलियास्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ, पर्यटन व्यवसायी,सञ्चारकर्मी सहित सरोकारवाला निकायसंग को सहकार्यमा नेपालको पर्यटन प्रबद्र्धनका लागि योगदान पुर्याउने विश्वास गरिएको छ ।

कैलालीको टीकापुर स्थायी घर भएका शाह दुई दशकअघि अध्ययनका लागि अस्ट्रेलिया पुगेका शाह गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको बिभिन्न पदमा रहेर काम गरिसकेका छन् । एनआरएनए अभियन्ता शाह शैक्षिक तथा रेष्टुरेण्ट व्यवसायमा आवद्ध छन् । शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्ष हुन । उनी गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व उपाध्यक्ष समेत हुन् । दुई वटा नेपाली चलचित्रमा नायकको भूमिका निर्बाह गरेका म्युजिक भिडियोमा समेत अभिनय गर्दै आएका छन् ।

शाहले नेपालको पर्यटन प्रवद्र्धनधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस !