काठमाण्डाै ।  विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभर विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–७ को टावरबाट तारमा पुगेका व्यक्तिको नेपाली सेनाले लिखु गाउँपालिकाबाट उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले  जानकारी दिनुभयो ।

उनको उद्धारको लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो । नुवाकोटकै बेलकोटगढी घर भएका उनको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !