चितवन । सुरक्षित बचत तथा ऋण सहकारी सस्था लि. को आयोजनामा आज नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा शेयर सदस्यहरुलाई सहकारी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
सस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा सहकारीमा आबद्ध तथा जननिर्वाचित जनप्रतिनिधि शेयर सदस्यहरुलाई सम्मान गरिएको हो ।
त्यस्तै गरि सस्थाको आयोजनामा नै शेयर सदस्य हरुका लागि भएको सहकारी शिक्षा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी कालिका नगरपालिकाका मेयर बिनोद रेग्मी रहनु भएको थियो । सो कार्यक्रममा भुमि ब्यबस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, बागमती प्रदेशका शाखा अधिकृत खगेन्द्र पौडेल र अधिकृत छैटौं ऋषिराम भुषालले सहजीकरण गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस !