चितवन । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । साँझ ९:०५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक दुवैतर्फी अवरुद्ध भएको छ ।  वर्षाका कारण तत्काल पहिरो पन्छाउन नसकिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । file pic

प्रतिक्रिया दिनुहोस !