चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना घाईते भएका छन । आज दिउँसो भरतपुर- २३ स्थित हरियाली सामुदायिक वनमा रहेको राप्ति खोला घुम्न गएका  भरतपुर- २४ का ४३ वर्षिय राजेश वाईवा बाघको आक्रमणबाट घाईते भएका हुन । बाघको आक्रमणबाट वाईवाको छाति र कुममा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ, भने वाईवाको अवस्था मध्यम र बोल्न सक्ने रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !