चितवन । राप्ती नगरपालिका वडा नं. १ मा हिजो साँझ चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघले आक्रमण गर्दा एकजना घाइते भएका छन । घाइते हुने राप्ती १ डिपार्टका ४३ बर्षीय इन्द्र बहादुर थिङ रहेको चितवन प्रहरीले  जानकारी दिएको छ । उनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । बाघले आज बिहान पनि स्थानीयको गाई र भैसी मारेको छ ।
बाघ अहिले पनि बस्ती नजिकै धानखेतमा रहको र नियन्त्रणमा लिने प्रयास भइरहेको जनाईएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट थप प्राविधिक टोलीसहित प्रहरी, तथा स्थानीयहरु बाघ नियन्त्रणमा लिन खटिएका छन ।

प्रतिक्रिया दिनुहोस !