चितवन । पृथ्वी राजमार्ग अन्तर्गत ईच्छाकामना गाउँ पालिकाको मौवाखोला नजिक काठमाण्डौबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बसको ठक्करबाट सोही बसका सह चालकको मृत्यु भएको छ । आज बिहान करिब ४ बजे बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) वसले सोही बसका सहचालक जि. सुनसरी झुम्का बस्ने बर्ष २३ को जनक दाहाललाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यू भएको चितवन प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि भरतपुर स्थित सरकारी अस्पताल ल्याईएको प्रहरीले जानकारी दिएको छ । बस र चालक ईलाका प्रहरी कार्यालय, मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !