चितवन । चितवनमा लागूऔषधसहित एक युवक प्रकाउ परेका छन । इलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोलीले बिहीबार बेलुकी ५ बजेको समयमा राप्ती ५ भण्डाराबाट लागूऔषधसहित  युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती-१, नयाँबस्तीका एकराज तामाङ रहेका छन् ।

विशेष सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा जिको साथबाट नाइट्राभेट ६०० ट्याबलेट, फेनेरागन ४९ पिस, नुरफिन ४९ पिस र डाइजेपाम ४९ पिस लागूऔषध फेला पारी जिल्ला अदालत चितवनमा पेश गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !