चितवन । भरतपुर-१९ को तमु टोलमा सेफ्टी टंकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलबस्तु शिवराज न.पा. ९ बस्ने बर्ष २४ को छतिराम थारु र बर्ष २३ को राम चौधरी रहेको चितवन प्रहरीले जनाएको छ । सेफ्टी टंकी सफा गर्ने क्रममा टंकी भित्र खसेको  स्थानिय राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा आज साँझ करिब ६:३० बजे  कपिलबस्तु शिवराज न.पा. ९ बस्ने बर्ष २४ को छतिराम थारु अचानक चिप्लिएर खसे पश्चात् संगै काम गरिरहेको भिनाजु नाता पर्ने बर्ष २३ को राम चौधरी सालो नाता पर्ने छतिराम चौधरीलाई निकाल्न भित्र पसेकोमा दुबै जना निस्किन नसकेको भन्ने जानकारी प्राप्त हुनासाथ ईप्रका फुलवारी बाट प्रहरी निरिक्षकको टोली र जिप्रका चितवन बाट प्रनाउ समेतको टोली, नेपाली सेनाको क्याप्टेन र शसस्त्र प्रहरीबाट स.प्र.नि. को टोली खटिई गई निजहरु दुबै जनाको शव उद्धार गरि बाहिर निकाली लास जाँच मुचुल्का गरि दुई वटै शव पोष्टमार्टमको लागी भरतपुर सरकारी अस्पताल पठाईएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !