हङकङ । नेपाल सरकारका तर्फबाट हङकङ, मकाऊका लागी महावाणिज्य दुत ऊदय राना मगरले नेपाली हस्तकलाका सामाग्रीहरुको हङकङ, मकाऊ र चिन लगाएतका देशमा प्रचार,प्रसार र प्रवर्द्धन होस भन्ने हेतुले हङकङ स्थित महावाणिज्य दुतावासको कार्यालय परिसर भित्रनै आकर्षक ढंगले स्याम्पलहरु सजाएर राख्नको लागी ठाँऊ ऊपलब्ध गराएर प्रशंसनिय कार्य गर्नुका साथै नेपाली उत्पादनहरुलाई विश्व बजारसम्म पुर्याउन एउटा नौलो अभियानको शुरुवात गर्नुभएको छ । फिने हंगकंगका अध्यक्ष आकाश बन्जाराको संयोजकत्वमा हंगकंगका युवा नेपाली ब्यावसायीहरुले नेपाली उत्पादनलाई विश्वमाझ चिनाउने अभियानमा यो नौलो कार्यको थालनी भएको छ।

विश्वभर छरिएर रहेका नेपाली युवा व्यवसायीहरुको छाता संगठन फिनेमा आबद्ध रहेका युवा व्यवसायीहरुले नेपाली ऊत्पादनहरु लाई विश्व बजार सम्म पुर्याऊन गरि रहेको मेहनतमा महावाणिज्य दुत राना मगरले महावाणिज्य दुतावासको कार्यालय भित्र नै प्रचार प्रसार र प्रवर्द्धनको लागी स्थान ऊपलब्ध गराऊनुले नेपाली ऊत्पादनहरुलाई विश्व बजारमा पुर्याऊन थप टेवा पुग्नुका साथै अन्य देशमा रहेका दुतावासहरुको लागी समेत नेपाली ऊत्पादनको प्रचार,प्रसार र प्रवर्द्धनको लागी सकारात्मक सन्देश प्रवाह भएको विषय “अन्तराष्ट्रिय युवा उधमी महासंघ” हंङकङका महासचिव ईन्दर पुनले जानकारी गराऊनु भएको छ।

अध्यक्ष बन्जाराको नेतृत्वमा हंङकङमा रहेका युवा व्यवसायीहरुको आर्थिक ऊन्नतीमा टेवा पुर्याऊने हेतुले नेपालमा ईन्भेष्टमेन्ट कम्पनीको स्थापना गरी साना तथा ठुला लगानीको तयारीहरु समेत भईरहेको छ। विगत १२ बर्ष देखि नेपाली हस्तकलाका सामाग्रीहरुको ऊत्पादन गरि हंङकङ, ताईवान, भियतनाम, चाईना, युरोप, अमेरिका लगायत विश्वका धेरै राष्ट्रहरुमा नेपाली ऊत्पादनहरुको निर्यात गरि रहनु भएका युवा व्यवसायी बन्जारा लगायतको टिमले “अन्तराष्ट्रिय युवा उधमी महासंघ” मा आबद्ध रहेका युवा व्यापारीहरुका लागी विशेष सुविधा दिनुका साथै नयाँ व्यवसाय गर्न चाहनेहरुको लागी लगानीको वातावरण समेत गर्ने ऊदेश्यका साथ योजनाहरु बनि रहेको छ।

महावाणिज्य दुतावासको कार्यालय मार्फत नेपाली हस्तकलाका सामाग्रीहरुको प्रचार,प्रसार र प्रवर्द्धनमा गैर आवासिय नेपाली संघ हंङकङका अध्यक्ष तथा “अन्तराष्ट्रिय युवा उधमी महासंघ” का ऊपाध्यक्ष गोकर्ण प्रसाद ढकाल साथै हंङकङ नेपाल व्यापार संघका अध्यक्ष प्रकाश पुन लगाएतको समेत विशेष सहयोग रहेको छ।

“अन्तराष्ट्रिय युवा उधमी महासंघ” हंङकङले २०२२ को अन्त्य सम्म विश्वका ८० राष्ट्रहरु लाई समेटेर “नेपाली हस्तकलाको प्रदर्शनी” एक्जिबेशन गर्ने तयारी गरि रहेको र यसको लागी महावाणिज्य दुतावास हंङकङ, गैर आवासिय नेपाली संघ हङकङ र हंङकङ स्थित नेपाली संघ,संस्थाहरु संग सहकार्य गर्ने लक्ष्यका साथ तयारीहरु भई रहेको छ । 

प्रतिक्रिया दिनुहोस !