काठमाडौं ।

फर्पिङको जङ्गलमा दुई जना मृत फेला
काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको राससलाई जानकारी दिनुभयो । उहाँले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२÷२३ वर्षको भएको बताउनुभयो ।

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताउनुभयो । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।

बेपत्ता दुई युवक मृत फेला
बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् ।

जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जङ्गल मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिनुभयो । रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेट्टिएको हो । बोल्न नसक्ने र सुस्त मनस्थिति भएका रावतको लडेर मृत्युु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रावतको शव आफन्तको जिम्मा लगाइएको छ ।

यस्तै धामीको शव सिगास–३ कै सल्लेबगडमा छाप्रेको रूखमा झुन्डिएको अवस्थामा भेट्टिएको हो । उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !