काठमाडौं ।  सरकारले आइतबार दिँदै आएको विदा हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको विदा हटाउने निर्णय गरेको हो।

यसअघि सरकारले सतामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो। दुई दिन विदा दिँदा प्रशासनिक अफ्ठ्याराहरु आएको र अस्पतालहरुमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो।

नेपालमा दुई दिने विवाद कार्यान्वयनमा जटिलता आएपछि सरोकारवालहरुले आइतबारको विदा कटौति गर्न दबाब दिँदै आएका थिए। सोहीबमोजिम आइतबारको विदा हटाउने निर्णय भएको एक मन्त्रीले बताए।

असार १ गतेदेखि अब आइतबार विदा हुने छैन। साता विदा शनिबारमात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस !