नेपालगञ्ज ।  भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ । भारतको रुपैडिहा हँुदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिनुभयो ।

“केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड सङ्क्रमण पुष्टि भइरहेको छ”, उहाँले भन्नुभयो । प्रमुख शाहका अनुसार आज दैलेख, प्यूठान र जाजरकोटका एक÷एक गरी तीनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँले करिब दुई सातामा आठ जनामा कोरोना सङ्क्रमण भएको उल्लेख गर्दै जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहेको बताउनुभयो ।-रासस

प्रतिक्रिया दिनुहोस !