रामपुर ।  पाल्पाको तिनाउँ गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकमा अस्पतालसम्म पुग्न र बिरामीलाई स्वास्थ्योपचारमा सहज सुविधा पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पालिकाले जनाइएको हो ।

गर्भवती, सुत्केरी एवम् थप चिकित्सकीय सेवाका लागिसमेत तानसेन, पाल्पा र बुटवल भैरहवासम्म पुग्न एम्बुलेसन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको छ । निःशुल्क एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कार्यविधि बनाएर आगामी साउन १ गतेदेखि लागू गर्ने निर्णय भएको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।-रासस

प्रतिक्रिया दिनुहोस !