काठमाडौँ ।  नेपाल क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको पाँचौँ वार्षिकोत्सवको अवसरमा यहाँ शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीले यस अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले बिरामीले अधिकतम लाभ लिन सकुन भनेर अस्पतालको सेवा र सुविधा अझै बढाइने बताउनुभयो ।

सो अस्पतालबाट चालु आर्थिक वर्षमा सात हजार ९० नयाँ बिरामीले सेवा लिएका छन् । त्यस्तै २६ हजार ६४० बिरामी पुन स्वास्थ्य परिक्षणमा आएका छन् । अस्पतालले कर्मचारीको प्रोत्साहनस्वरुप अस्पतालका सबै कर्मचारीलाई रु एक लाखको बीमा गर्नुका साथै रु १० लाखको दुर्घटना बीमाको योजना सुरु गरेको उहाँले बताउनुभयो । सोही अवसरमा अस्पतालको स्मारिका ‘आशा’ पत्रिका २०७९ को विमोचन पनि गरिएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस !