चितवन ।  कोरोनाका कारणले शिथिल हुन पुगेका चितवनका होटल तथा रेष्टुरेण्ट व्यवसाय बिस्तारै पुरानै अवस्थामा संचालनमा आउन थालेका छन । लाईभ म्यूजिक, दोहोरी साँझ लगायतले व्यवसायलाई लकडाउन पहिलेकै स्थितिमा फर्काउन लागिपरेका देखिन्छन् ।

यसैक्रममा भरतपुरको दीपेन्द्रचोकमा रहेको लाईभ म्यूजिक क्याफे लाइम एण्ड लेमनले पूर्ववत रुपमै प्रत्येक शुक्रवार र शनिवार राष्ट्रियरुपमा चिरपरिचित कलाकार तथा ब्यान्डहरुलाई स्टेजमा उतार्न थालेको छ । अघिल्लो हप्ता मात्र राष्ट्रिय कलाकार सबिन राईसहित ब्यान्डको कार्यक्रम गरेको लाइम एण्ड लेमनले यहि जेठ २१ गते शनिवार काठमाडौंको चर्चित ब्यान्ड `आल्बाट्रोस´ ल्याउन लागेको हो ।

`आल्ट्राबोसले शनिबार लाइम एण्ड लेमनमा आएर स्टेज तताउने छ´, क्याफेका संचालक सागर पौडेलले भने – `युवापुस्ताको पहिलो छनौटमा रहेको यस ब्यान्डले आवाज, खसेका तारा, कोशिश, निश्चल…जस्ता चर्चित गीतहरु मार्फत दर्शक – श्रोतामाझ आफूलाइ स्थापित बनाएको छ ।´

दर्शकहरूलाई सहजताका लागि यस कार्यक्रमको टिकट इसेवामार्फत पनि लिन सकिने मिलाइएको छ । इसेवामार्फत अग्रिम टिकट लिएको खण्डमा केही सहुलियत मिलाइएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस !