काठमाडाैं । नाबालिग गायिकालाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई थुनामै राख्ने आदेश भएको छ । बिहिबार उच्च अदालत पोखराले शाहलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको बिहिबार सांझ संयुक्त इजलाशले उक्त फैसला सुनाएको हो । यसअघि तनहुँ र नवलपुर अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाह पक्षधर वकिलहरुले थुनाबाहिर रहेर मुद्धा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत पोखरामा दुवै जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए ।

बिहिबार उच्चमा भएको सुनवाइमा अभिनेता शाहको तर्फबाट पाँच जना र ‘पीडित’ नाबालिगको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले मात्रै बहस गरेका थिए। पिडितको पक्षमा यसअघि तनहुँ र नवलपुरमा बहस गरेका वकिलहरुले उनले बयान फेरेसँगै मुद्धाबाट हात झिकिसकेका छन् । उच्च अदालतमा न्यायधिशसामु धरौटीमा छोड्ने वा साधारण तारेखमा छाड्ने या थुनामै राखेर अनुसन्धान गर्ने तीन विकल्प थिए ।

प्रतिक्रिया दिनुहोस !