काठमाण्डौ ।  काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ ।

बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । अहिले प्राविधिक जाँच भइरहेको सिटौलाले जानकारी दिनुभयो ।

file pic

प्रतिक्रिया दिनुहोस !